प्रेरित 12:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 पत्रुसले तिनीहरूलाई चुप रहन हातले इशारा गरे। अनि कसरी तिनलाई प्रभुले झ्यालखानाबाट निकाल्नुभयो भनी वर्णन गरे। त्यसपछि तिनले भने, “यी कुराको बारेमा याकोब र अरू दाजुभाइ-दिदीबहिनीहरूलाई बताइदेओ,” भनेर तिनी अर्को ठाउँमा गइहाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तिनले “चूप लाग” भनी हातले इशारा गरे, र प्रभुले तिनलाई कसरी झ्यालखानबाट बाहिर निकाल्नुभयो सो तिनीहरूलाई बताए। यी कुराको समाचार याकूब र अरू भाइहरूलाई दिनू भनेर तिनी बिदा भएर अर्कै ठाउँमा गइहाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 पत्रुसले तिनीहरूलाई हातको इशाराले चुप गराए अनि परमेश्वरले आफूलाई कसरी झ्यालखानबाट निकाल्नुभयो भन्ने कुरा तिनीहरूलाई सुनाए। “याकूब र मण्डलीका अरू दाजुभाइहरूलाई पनि यो कुरा सुनाइदिनू है,” भनेर तिनी त्यहाँबाट गइहाले। Viz kapitolaपवित्र बाइबल17 पत्रुसले हातको ईशारा गरेर तिनीहरूलाई चूपचाप बस्नु भने। उनले, कसरी परमप्रभुले उनलाई जेलबाट मुक्त गराइदिनु भयो, वर्णन गरे। उनले भने, “याकूब र अन्य दाज्यू-भाइहरूलाई पनि बताइदिनु।” पछिबाट पत्रुस अर्को ठाँउ तर्फ लागे। Viz kapitola |