प्रेरित 12:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यसपछि पत्रुस होशमा आए, तब तिनले भने, “अब मलाई पक्का थाहा भयो, प्रभुले आफ्नो दूतलाई हेरोदका पञ्जाबाट र यहूदीहरूले जे गर्न चाहेका थिए, ती सबैबाट मलाई छुटाउन पठाउनुभएको रहेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 जब पत्रुसको होश खुल्यो तब तिनले भने, “अब मलाई साँच्ची नै थाहा भयो, कि प्रभुले आफ्ना दूत पठाउनुभएर हेरोद राजाको हातबाट, र यहूदीहरूले जे गर्न चाहन्थे ती सबैबाट मलाई छुटकारा दिनुभयो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यति बेला पो आफूमा घटेको कुरा पत्रुसलाई स्पष्टसँग थाहा भयो– “परमेश्वरले साँच्चै आफ्नो स्वर्गदूत पठाउनुभएको रहेछ। उहाँले मलाई हेरोदको हात र यहूदीहरूले गर्न खोजेको कामबाट छुटाउनुभएको रहेछ।” Viz kapitolaपवित्र बाइबल11 तब पत्रुसले के भएको थियो भनेर थाहा पाए अनि आफैंलाई भने, “अब मैले थाहा पाएँ कि यो वास्तवमा सत्य रहेछ। प्रभुले आफ्ना स्वर्गदूत पठाउनु भयो अनि मलाई हेरोदबाट बचाउनु भयो। यहूदीहरूले ममाथि केही अप्रिय घट्ना हुन्छ भनि सोचे होलान्। तर मलाई प्रभुले ती सबै कष्टहरूबाट मुक्त पार्नुभयो” Viz kapitola |