२ शमूएल 24:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 अरौनाले दावीदलाई भने, “मेरा मालिक महाराजालाई जे इच्छा लाग्छ, लिनुहोस् र बलिदान चढाउनुहोस्। होमबलि चढाउनलाई गोरुहरू यहाँ छन्, र दाउराका निम्ति दाइँ गर्ने काठहरू र गोरुका जुवाहरू पनि यहाँ छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 अरौनाले दाऊदलाई भने, “बिन्ती छ, हजूर, त्यो लानुहोस्, र जस्तो योग्य सम्झनुहुन्छ, त्यस्तो बलिदान चढ़ाउनुहोस्। होमबलिको निम्ति मकहाँ गोरुहरू र दाउराको निम्ति तिनका जुवा र दाइँ गर्ने काठहरू छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 अरौनाले भने, “महाराज, लिनुहोस्! जे हजुरलाई इच्छा लाग्छ, त्यो परमप्रभुलाई चढाउनुहोस्। वेदीमा बलिदानस्वरूप होमबलि गर्नलाई यी गोरुहरू छन्, आगो बाल्नको निम्ति यी जुवा र खलाका काठपात छन्।” Viz kapitolaपवित्र बाइबल22 अरौनाले दाऊदलाई भने, “मेरो मालिक राजा बलिदान चढाउनको निम्ति तपाईंले जे लगे पनि हुन्छ। होमबलिको निम्ति मसँग गोरूहरू छन्, दाउराका निम्ति दाइँ गर्ने काठ र जुवा लानुहोस्। Viz kapitola |