Online Bible

- Reklamy -




२ शमूएल 22:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 मेरा परमेश्‍वर मेरा चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। मेरो ढाल र मेरो उद्धारको सिङ हुनुहुन्छ। उहाँ मेरो गढ, मेरो शरणस्थान र मेरो उद्धारकर्ता हुनुहुन्छ। तपाईंले मलाई हिँस्रक मानिसहरूबाट बचाउनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 मेरा परमेश्‍वर मेरो चट्टान हुनुहुन्‍छ, जसमा म शरण लिन्‍छु। उहाँ मेरो ढाल, मेरा शक्तिशाली उद्धारक, मेरो गढ़, मेरो शरणस्‍थान र मेरा उद्धारकर्ता हुनुहुन्‍छ। तपाईं मलाई हिंसात्‍मक मान्‍छेबाट बचाउनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 मेरा परमेश्‍वर मेरो सुरक्षा हुनुहुन्‍छ, उहाँसँग हुँदा म सुरक्षित छु। ढालले झैँ उहाँले मलाई रक्षा गर्नुहुन्‍छ, उहाँले मलाई आक्रमणबाट सकुशल राख्‍नुहुन्‍छ। उहाँले मेरो उद्धार गर्नुहुन्‍छ; उहाँले मेरो रक्षा गर्नुहुन्‍छ र मलाई हिंसाबाट बचाउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 उहाँ नै मेरो परमेश्वर, मेरो बचाउँको निम्ति म चट्टानमा दौडन्छु, परमेश्वर मेरो सुरक्षा कवच हुनहुन्छ। उहाँको परमशक्तिले मलाई बचाउँछ। परमप्रभु मेरो शरणस्थल हुनुहुन्छ, मेरो सुरक्षाको स्थान र मेरो उच्च टाकुरा हुनुहुन्छ, निर्दयी शत्रुहरूबाट मलाई बचाउँनुहुन्छ।

Viz kapitola kopírovat




२ शमूएल 22:3

Následuj nás:

Reklamy


Reklamy