२ शमूएल 21:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 गोबमा पलिश्तीहरूसँग फेरि भएको लडाइँमा बेथलेहेमबासी यारे-ओरेगीमको छोरा एल्हानानले गित्ती गोल्यतका भाइलाई मारे जसको भालाको बिँड कपडा बुन्ने तानको डण्डाजस्तो थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 गोबमा पलिश्तीहरूसँगको अर्को लड़ाइँमा बेथलेहेमका यारे-ओरगिमका छोरा एल्हानानले गित्ती गोल्यतलाई मारे, जसको भालाका बिँड़ जुलाहाको लुगा बनाउने डन्डाजत्रो ठूलो थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 गोबमा पलिश्तीहरूसित अर्को पनि एउटा लडाइँ भयो। त्यसमा बेथलेहेमका यारे-ओरगिमका छोरो एल्हानानले गातका गोल्यतलाई मारे। गोल्यतको भालाको डन्डा लुगा बुन्ने तानको डन्डा जत्तिकै मोटो थियो। Viz kapitolaपवित्र बाइबल19 फेरि पछि गोबमा पलिश्तीहरूसँग युद्ध भयो। बेतलेहेम याईर गिबका छोरा एल्हनानले गातको गोल्यत गित्तिका भाइ लहमीलाई मारे उसको भाला जुलाहाको लुगा बुन्ने डण्डा जत्रो ठूलो थियो। Viz kapitola |