२ शमूएल 19:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 शाऊलका नाति मपीबोशेत पनि राजालाई भेट्न तल आए। राजाले यरूशलेम छोडेर गएको दिनदेखि तिनी सुरक्षितसाथ फर्केर यरूशलेम नआएसम्म तिनले आफ्ना खुट्टाको वास्ता गरेका थिएनन्। न त तिनले आफ्ना दाह्री काँटेका थिए, न त आफ्ना लुगा नै धोएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 शाऊलका नाति मपीबोशेत पनि राजालाई भेट्न तल झरे। राजा बाहिर गएको दिनदेखि विजयसाथ नफर्केको दिनसम्म उनले न त आफ्ना खुट्टाका नङ, न दाह्री नै काटेका थिए, न आफ्ना लुगाहरू धोएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तब शाऊलका नाति मपीबोशेत राजालाई भेट्न आए। राजाले यरूशलेम छोडेका दिनदेखि फेरि विजयी भएर फर्किनआएसम्म मपीबोशेतले न त खुट्टा धोएका थिए न दाह्री काटेका वा न त आफूले लाएका लुगा धोएका थिए। Viz kapitolaपवित्र बाइबल24 शाऊलको नाति मपीबोशेत दाऊदलाई भेट्न आए। राजा गए पश्चात यरूशलेम फर्केर नआइन्जेल सम्म मपीबोशेतले खुट्टाको वास्ता गरेनन्। दाह्री जुँगा काटेनन् र लुगाफाटा धोएनन्। Viz kapitola |