२ शमूएल 19:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनीसँग शाऊलका घरानाका सेवक सीबासहित एक हजार बेन्यामीनीहरू र तिनका पन्ध्र जना छोरा, र बीस जना नोकरसमेत तिनको साथमा थिए। तिनीहरू राजा भएको ठाउँमा यर्दनतिर हतार-हतार गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 उनीसँग शाऊलको घरानाका भण्डारे सीबा पनि, आफ्ना पन्ध्र भाइ छोरा र बीस जना चाकरसमेत, र एक हजार बेन्यामीनीहरू लिएर गए। तिनीहरू यर्दन नदीमा कुदेर गए, जहाँ राजा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 उनीसित बेन्यामीन कुलका एक हजार मानिस आएका थिए। शाऊलको घरको चाकर सीबा पनि आफ्ना पन्ध्र छोरा र बीस जना नोकरसहित आयो र तिनीहरू राजाभन्दा अघि यर्दनमा आइपुगे। Viz kapitolaपवित्र बाइबल17 झण्डै 1,000 मानिसहरू बिन्यामीन कुल समूहका शिमीसित आए। सीबा शाऊलका नोकर पनि आए। सीबाले 15 छोराहरू र 20 नोकरहरू पनि साथमा ल्याए। यी सबै मानिसहरू यर्दन नदी पुगी राजा दाऊदलाई हेर्न हतारीएका थिए। Viz kapitola |