२ शमूएल 19:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब राजा दावीदले पुजारी सादोक र अबीयाथारलाई यो सन्देश पठाए: “यहूदाका प्रधानहरूलाई सोध, ‘इस्राएलभरि जुन कुरा गरिँदैछ, त्यो कुरा राजाको घरमा पुगिसकेको छ। यसकारण किन राजालाई फर्काएर ल्याउनुमा तिमीहरू सबैभन्दा पछि छौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब दाऊद राजाले सादोक र अबियाथार पूजाहारीहरूलाई यसो भनिपठाए, “यहूदाका धर्म-गुरुहरूलाई सोध: ‘राजालाई तिनका महलमा ल्याउनलाई किन तिमीहरू सबैभन्दा पछि हुने, किनभने जुन कुरा सारा इस्राएलमा गरिँदैछ त्यो कुरा राजाको घरमा पुगिसकेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 इस्राएलीहरूले के भन्दै थिए, त्यो दाऊद राजाका कानमा पुग्यो। यसकारण उनले सादोक र अबियाथार पूजाहारीहरूलाई यहूदाका अगुवाहरूसित यो प्रश्न गर्न पठाए, “राजालाई राजमहलमा फर्काइल्याउने काममा मद्दत गर्न किन तिमीहरू पछाडि पर्छौ? Viz kapitolaपवित्र बाइबल11 राजा दाऊदले पूजाहारीहरू सादोक र एबीयातारकहाँ खबर पठाए। दाऊदले, “यहूदाका अधिकारीहरूलाई भने। ‘किन तिमीहरू दाऊदलाई राजसिंहासनमा फेरि बसाउन किन अन्तिम परिवार समूह भयौ? हेर, इस्राएलीहरूले राजालाई फर्काएर ल्याउने बारेमा भने, अनि राजाको डेरामा पुगे। Viz kapitola |