२ शमूएल 18:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 योआबले तिनलाई भने, “यो खबर आजै लैजाने व्यक्ति तिमी होइनौ। तिमीले यो खबर लिएर अर्को दिन जान सक्छौ। तर तिमीले आजचाहिँ यसो नगर्नू; किनकि राजाका छोरा मारिएका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तर योआबले जवाफ दिए, “आजको दिन तिमीले समाचार लाने होइन। अर्को दिन तिमीले समाचार लगे हुन्छ, तर आज होइन। किनभने राजाको छोरो आज मरेको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 योआबले भने, “अँहँ, आज तिमीले कुनै शुभखबर लानेछैनौ। अरू कुनै दिन त्यसो गरौला; तर आज होइन किनभने आज राजकुमार मरेका छन्।” Viz kapitolaपवित्र बाइबल20 योआबले अहीमासलाई जवाफ दिए, “होइन, आज यो खबर लिएर दाऊद कहाँ जाने तिमी एक छैनौ। तिमीले यो खबर राजा भए कहाँ अरू कुनै दिनमा लिएर जाऊ। किनभने राजाका छोरा मारिएका छन्।” Viz kapitola |