२ शमूएल 17:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 जोनाथन र अहीमासचाहिँ एन-रोगेलमा बसेका थिए। एउटी सेविकाले गएर तिनीहरूलाई सूचना दिनुपर्थ्यो। अनि तिनीहरूले चाहिँ गएर दावीद राजालाई खबर गर्नुपर्थ्यो। किनकि तिनीहरूले सहरभित्र पस्दैगर्दा कसैले देख्ने जोखिम उठाउन चाहँदैनथिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 जोनाथन र अहीमासचाहिँ एनरोगेलमा पर्खिबसेका थिए, र एउटी दासी गएर तिनीहरूलाई खबर दिन्थी, अनि तिनीहरूले चाहिँ दाऊदलाई खबर दिन्थे। किनभने सहरभित्र कसैले देख्ने खतरामा पर्न तिनीहरू चाहँदैनथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 अबियाथारको छोरो जोनाथन र सादोकको छोरो अहीमास यरूशलेमदेखि बाहिर एन-रोगेलको मुहाननिर फर्केर बसेका थिए किनभने कसैले देख्दा-देख्दै सहरभित्र पसिजाने आँट तिनीहरूले गर्न सकेनन्। घरीघरी एउटी दासी आएर सहरभित्र के-कसो हुँदैछ, तिनीहरूलाई खबर दिन्थी र तिनीहरूले गएर दाऊद राजालाई खबर दिन्थे। Viz kapitolaपवित्र बाइबल17 पूजाहारीका छोरा जोनाथन अनि अहीमास एन-रोगेलमा पर्खिएका थिए। शहरभित्र आफू नदेखुन् भनेर तिनीहरू चाहान्थे, यसैले एउटी नोकर्नी तिनीहरूकहाँ आइन् र तिनले खबर दिइन्। तब जोनाथन र अहीमास दाऊदलाई खबर भन्न हिँडे। Viz kapitola |