२ शमूएल 17:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 “यसकारण म तपाईंलाई सल्लाह दिन्छु: दानदेखि बेर्शेबासम्म भएका समुद्रको किनारका बालुवासरह असंख्य इस्राएलीलाई तपाईंकहाँ भेला गराउनुहोस्। अनि तपाईंकै अगुवाइमा लडाइँमा जानुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यसैले मेरो सल्लाह यही छ: दानदेखि बेर्शेबासम्मका सारा इस्राएललाई समुद्रका बालुवाका कणजस्तै तपाईंकहाँ जम्मा हुन दिनुहोस्, र तिनीहरूका अगाड़ि तपाईं आफै युद्धमा मानिसहरूलाई लिएर जानुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 मेरो त यो सल्लाह छ कि देशको उत्तरमा दानदेखि दक्षिणमा बेर्शेबाको छेउसम्म भएका सबै इस्राएलीहरूलाई एकसाथ भेला गर्नुहोस्। तिनीहरू समुद्रका किनारको बालुवाझैँ असङ्ख्य हुनेछन्, तपाईं आफैंले लडाइँमा तिनीहरूको अगुवाइ गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल11 “म यो सुझाव दिन्छुः दानदेखि बेर्शेबासम्मका सबै इस्राएलीहरूलाई भेला गराउनु होस्। मानिसहरू समुद्रका किनारका बालुवा जस्तै हुनेछन्। त्यसपछि तपाईं आफैं युद्धभूमिमा जानुहोस्। Viz kapitola |