२ शमूएल 15:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनी बिहानै उठेर सहरको मूलढोकामा जाने बाटोनिर उभिन्थे। जब कोही व्यक्ति राजाको सामु न्यायको निम्ति आफ्नो मुद्दा लिएर आउँथे, अब्शालोमले त्यसलाई बोलाएर, “कुन सहरका हौ?” भनी सोध्ने गर्थे। मानिसहरूले जवाफ दिन्थे, “तपाईंको सेवक इस्राएलका कुलहरूमध्ये एउटाबाट आएको हुँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिनी बिहान सबेरै उठेर सहरको मूल ढोकातिर जाने बाटोनेर उभिने गर्थे। अनि कुनै मानिस राजाकहाँ इन्साफ माग्न आउँदा अब्शालोमले त्यस मानिसलाई बोलाएर कुन सहरबाट आएको हो भनी सोध्थे। “हजूर, म इस्राएलको फलानो कुलको हुँ,” भनी जब तिनले जवाफ पाउँथे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिनी आफैं चाँडै उठ्थे र सहरका ढोकामा गई उभिन्थे। कुनै मानिस आफ्नो मुद्दा लिएर न्याय खोज्न राजाकहाँ जाँदैगरेको भेटे अब्शालोमले त्यसलाई बोलाएर कहाँबाट आएको भनी सोध्थे। म फलानो कुलको हुँ भनी त्यस मानिसले बताएपछि Viz kapitolaपवित्र बाइबल2 बिहानै उठेर अब्शालोम फाटकमा उभिन्थे। अब्शालोमले राजाकहाँ न्यायको निम्ति समस्या लिएर जाने कोही मानिसको निधो लिन्थे। तब अब्शालोमले उक्त व्यक्तिलाई सोध्थे, “कुन शहरको वासिन्दा हुनुहुन्छ तपाईं?” त्यस व्यक्तिले जवाफ दिन्थे, “म फलना-फलना इस्राएलको परिवार समूहबाट आएको हुँ।” Viz kapitola |