२ शमूएल 14:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 राजाले सोधे, “के यी सबै कुराहरूमा योआबको सहभागिता छ?” त्यस स्त्रीले जवाफ दिई, “हे मेरा मालिक महाराजा, हजुरको जीवनको शपथ खाएर भन्दछु, मेरा मालिक महाराजा हजुरले भन्नुभएको कुराबाट कोही पनि दायाँ-बायाँ गर्न सक्दैन। हो, हजुरको सेवक योआबले नै मलाई यसो गर्ने हुकुम दिएका हुन्। अनि तिनले नै हजुरकी सेविकालाई यी कुराहरू सिकाइदिएका हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तब राजाले त्यसलाई सोधे, “के यी सबैमा योआबको हात छ?” त्यसले जवाफ दिई, “हजूरका जीवनको शपथ खाएर म भन्दछु, जब हजूरले कुनै प्रश्न सोध्नुहुन्छ, तब बोल्नेको दाहिने-देब्रे फर्कने बाटै हुँदैन। ज्यू, हजूरका दास योआबले मलाई यो कुरो सिकाएका हुन्, र तिनैले मेरो मुखमा यी सब वचन हालिदिएका हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 “के तिमीलाई योआबले त्यसो गर्न लाएका हुन्?” त्यसले उत्तर दिई, “राजा, म सम्पूर्ण पवित्र कुराहरूको नाममा शपथ खाएर भन्छु कि हजुरका प्रश्नहरूको साँचो उत्तर अब नदिइनहुनेभयो। साँच्चै हजुरको अधिकृत योआबले मलाई यसो गर्न र भन्न पठाएका हुन्। Viz kapitolaपवित्र बाइबल19 राजाले भने, “योआबले यी सब भन्नु भनेका थिए तिमीलाई।?” त्यस महिलाले भनिन्, “मेरा मालिक राजा, तपाईंको शपथ खादै भन्छु, तपाईंले ठिक भन्नुभयो। तपाईंका अधिकारी योआबले मलाई सब सिकाएका हुन्। Viz kapitola |