२ शमूएल 13:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 तर दावीदको दाजु शिमाहका छोरा योनादाबले भने, “मेरा मालिक तिनीहरूले सबै राजकुमारहरूलाई मारेका छन् भनी नसम्झनुहोस्; तर अमनोन मात्र मारिएका छन्। अमनोनले तिनकी बहिनी तामारलाई बलात्कार गरेको दिनदेखि उसो अब्शालोमको यो नियत थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तर दाऊदका दाजु शिमाहका छोरा योनादाबले भने, “तिनीहरूले सबै जवान राजकुमारहरूलाई मारे भनी हजूरले नसम्झनुहोला। अमनोन मात्र मारिएको छ। तिनकी बहिनी तामारलाई अमनोनले बलात्कार गरेको दिनदेखि यसो अब्शालोमको त्यो नियत जाहेर थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 दाऊदका भाइ शिमाहको छोरो योनादाबले भने, “राजन्! तपाईंका सबै छोराहरू मारिएका छैनन्। अमनोन मात्र मारिए। अब्शालोमको चेहरा हेरेर नै तपाईं थाहा लाउन सक्नुहुन्थ्यो कि जहिले अमनोनले तामारलाई बलात्कार गरे, यो काम गर्ने सुर गरेका थिए। Viz kapitolaपवित्र बाइबल32 तर दाऊदका दाज्यू शिमीका छोरा योनादाबले भने, “राजाका सबै छोरा मारिइएका छन् भनेर नसोचौं। खालि अम्नोन मारिइएको हो। अब्शालोमले जुन दिन अम्नोनले आफ्नी बहिनीको व्यविचार गरेको थियो त्यसै दिन देखि योजना बनाएको हो। Viz kapitola |