२ पत्रुस 2:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 व्यभिचारपूर्ण आँखाले भरिएका तिनीहरू कहिल्यै पाप गर्न छोड्दैनन्; तिनीहरूले चञ्चल मन भएकाहरूलाई प्रलोभनमा फसाउँछन्; तिनीहरू लोभ गर्नमा बानी परेकाहरू हुन्, श्रापित सन्तान हुन्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्, र जत्ति पाप गर्दा पनि नअघाउने हुन्छन्। तिनीहरूले चञ्चल मन भएकाहरूलाई फुस्लाउँछन्। तिनीहरूका हृदयले लोभमा तालीम पाएका हुन्छन्। तिनीहरू श्रापित सन्तान हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 हरसमय तिनीहरूका आँखा छाडा स्त्रीहरूमाथि मात्र पर्छन् र जति पाप गर्दा पनि तिनीहरूलाई पुग्दैन। तिनीहरूले कमजोर मानिसहरूलाई फसाउँछन्। तिनीहरूको मनले लोभ गर्नमै बानी बसालेको छ। तिनीहरूमाथि नै परमेश्वरको श्राप पर्दछ। Viz kapitolaपवित्र बाइबल14 हरेकपल्ट तिनीहरू स्त्रीलाई हेर्छन्, अनि तिनीहरू उसैलाई चाहन्छन्। यी झूटा शिक्षकहरू सदैव पाप गरिरहन्छन्। तिनीहरूले कमजोर मानिसहरूलाई पापको जालमा फसाउँछन्। तिनीहरू आफैंले स्वार्थी हुन् प्रशिक्षण लिएका छन्। तिनीहरू श्रापित छन्। Viz kapitola |