२ पत्रुस 1:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 अनि हामीसित भएका अगमवक्ताका लेखाइहरू अझ निश्चित भएका छन्; अनि दिनको उदय भएर बिहानीको तारा तिमीहरूको हृदयमा उदय नभएसम्म अन्धकार स्थानमा ज्योति चम्केझैँ तिमीहरूले यस कुरामाथि ध्यान दिनु असलै हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 हामीसित भएका अगमवक्ताहरूको वचन अझ निश्चित भएको छ। झिसमिसे उज्यालो नहोउञ्जेल र तिमीहरूका हृदयमा बिहानको तारा नउदाउञ्जेल अन्धकारमा बलिरहेको दियोलाई झैँ तिमीहरूले त्यस वचनलाई ध्यान दियौ भने असल गर्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यसकारण अगमवक्ताहरूले प्रचार गरेका वचनमा हामी अझ पक्का भएर भरोसा राख्दछौं। तिमीहरूले यसमा ध्यान दिनु राम्रो हो किनभने यसले त्यो दिन नआउञ्जेलसम्म र तिमीहरूको हृदयमा बिहानको ताराको उज्यालो नचम्कनुञ्जेलसम्म अन्धकारमा बल्ने बत्तीको काम गर्छ। Viz kapitolaपवित्र बाइबल19 यसले हामीलाई अगमवक्ताहरूले भनेका कुराहरूमा अधिक निश्चित तुल्याउँछ। अनि अगमवक्ताहरूको भनाई अनुशरण गरेर तिमीहरूले राम्रो गर्नेछौ। उनीहरूको भनाई अन्धकारमा बत्ति चम्केको जस्तै हो। यो बत्ति बिहान नहुन्जेलसम्म र बिहानी तारा तिमीहरूको ह्रदयमा प्रकाश दिन नझुल्केसम्म रहने छ। Viz kapitola |