२ राजा 8:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 राजाले त्यस स्त्रीलाई यसबारे सोधे, र तिनले राजालाई बताइदिइन्। तब राजाले तिनको मुद्दा एउटा अधिकृतलाई सुम्पिदिएर भने, “तिनका जे जति छन्, ती सबै फर्काइदिनू र तिनले आफ्नो देश छोडेर गएको समयदेखि आजसम्म जमिनबाट जति आम्दानी भयो, त्यो पनि तिनलाई फिर्ता गरिदिनू।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 राजाले ती स्त्रीलाई त्यस विषयमा सोधे, र तिनले पनि बताइदिइन्। तब राजाले तिनको मुद्दा एउटा अधिकारीको जिम्मामा लगाइदिए, र तिनलाई भने, “तिनका सबै जग्गाजमिन र तिनले देश छोड़ेर गएको समयदेखि अहिलेसम्मका जग्गाजमिनबाट आएको आम्दानीसमेत तिनलाई फिर्ता गरिदिनू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 राजाको प्रश्नको उत्तरमा तिनले गेहजीले भनेको कुरा साँचो हो भन्दै सबै कुरा बताइन्। राजाले एक जना भारदारलाई बोलाए र यस स्त्रीलाई उनका सबै कुरा फिर्ता दिनू र साथै उनी परदेशमा सात वर्ष रहेको बेलामा उनको जमिनबाट भएको सम्पूर्ण उब्जनीको दाम पनि भरिदिनू भनी आदेश दिए। Viz kapitolaपवित्र बाइबल6 राजाले आइमाईलाई ऊ के चाहन्छे भनी सोधे अनि आइमाईले चाहेको कुरा भनी। तब राजाले एक जना अधिकारीलाई बोलाए। राजाले भने, “आइमाईलाई उसको जमीनहरू सबै दिनु। उसलाई जग्गामा छोडेको दिनदेखि अहिले सम्म फलेको अन्न पनि दिनु।” Viz kapitola |