२ राजा 8:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 हजाएलले सोधे, “मेरा मालिक किन रुँदै हुनुहुन्छ?” एलीशाले जवाफ दिए, “किनकि तिमीले इस्राएलीहरूमाथि गर्ने हानि म जान्दछु। तिमीले तिनीहरूका पर्खाल लगाएका सहरहरूमा आगो लगाइदिनेछौ। तिनीहरूका जवान मानिसहरूलाई तरवारले मार्नेछौ; तिनीहरूका साना छोराछोरीहरूलाई भुइँमा पछार्नेछौ र तिनीहरूका गर्भवती स्त्रीहरूका पेट चिरिदिनेछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 हजाएलले सोधे, “हे मेरा प्रभु, तपाईं किन रुँदैहुनुहुन्छ?” तिनले जवाफ दिए, “किनभने तिमीले इस्राएलीहरूमाथि गर्ने बुराइ म जान्दछु। तिमीले तिनीहरूका किल्लाहरूमा आगो लाउनेछौ, र तिनीहरूका जवान मानिसहरूलाई तरवारले मार्नेछौ, तिनीहरूका ससाना बालकहरूलाई भूँइमा पछारेर मार्नेछौ, र गर्भवती स्त्रीहरूका पेट चिर्नेछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “किन रुँदै हुनुहुन्छ, हजुर!” हजाएलले सोधे। “किनभने तिमीले कस्ता डरलाग्दा कुराहरू इस्राएलका मानिसहरूका विरुद्धमा गर्नेछौ ती म जान्दछु,” एलीशाले जवाफ दिए, “तिनीहरूका किल्लामा तिमीले आगो लाइदिनेछौ, युवकहरूलाई संहार गर्नेछौ, बालकहरूलाई पछारेर मारिदिनेछौ र गर्भवती स्त्रीहरूको पेट फोरिदिनेछौ।” Viz kapitolaपवित्र बाइबल12 हजाएलले भन्यो, “महाशय, तपाई किन चिच्याउनु हुँदैछ?” एलीशाले उत्तर दिए, “म चिच्याउँदै छु किन भने म जान्दछु तैंले इस्राएलीहरूलाई नराम्रो गर्नेछस्। तैंले तिनीहरूको दरिलो शहर जलाउनेछस्। तैंले तिनीहरूका युवकहरूको हत्या गर्नेछस्। तैंले तिनीहरूका नानीहरू मार्नेछस्। तैंले गर्भवती आइमाईहरूको गर्भ तुवाउने छस्।” Viz kapitola |