Online Bible

- Reklamy -




२ राजा 8:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 एलीशाले जुन स्त्रीको छोरालाई मृत्युबाट बचाएका थिए, ती स्त्रीलाई तिनले भनेका थिए, “तिमी आफ्नो परिवार लिएर केही समयको निम्ति जहाँ सक्छौ त्यहीँ गएर बस। किनकि याहवेहले सात वर्षसम्मका लागि देशमा अनिकाल घोषणा गर्नुभएको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अब जुन स्‍त्रीको छोरालाई एलीशाले पुनर्जीवित पारेका थिए, त्‍यस स्‍त्रीलाई तिनले भनेका थिए, “तिम्रो परिवारसमेत यहाँबाट गइहाल, र केही समयको लागि जहाँ हुन्‍छ त्‍यहीँ प्रवास गर, किनभने परमप्रभुले सात वर्षसम्‍म अनिकालको उर्दी घोषणा गर्नुभएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यस देशमा परमप्रभुले सात वर्षसम्‍मको अनिकाल पठाउँदै हुनुहुन्‍छ र तिम्रो परिवार लिएर अर्को कुनै ठाउँमा गई बस्‍नू भनी एलीशाले शूनेममा बास गर्ने ती स्‍त्रीलाई भनेका थिए। ती स्‍त्रीको मरेको छोरोलाई एलीशाले बौराइउठाएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 एलीशाले त्यस आइमाईसँग कुरा गरे जसको छोरालाई उनले पुर्नजीवित गरेका थिए। एलीशाले भने, “तिमी र तिम्रो परिवारले अर्को देश जानु पर्छ। किनभने परमप्रभुले निर्णय लिनुभएको छ, यहाँ अनिकाल हुनेछ। यो अनिकाल यस देशमा सात बर्ष सम्म रहने छ।”

Viz kapitola kopírovat




२ राजा 8:1

Následuj nás:

Reklamy


Reklamy