२ राजा 7:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब तिनीहरूले एक-अर्कालाई भने, “हामीले यो ठिक काम गरिरहेका छैनौँ। आजको दिन शुभ समाचारको दिन हो। तर हामी यत्तिकै चुप लागिरहेका छौँ। यदि हामीले उज्यालो होउन्जेल पर्खिरह्यौँ भने हामीमाथि दण्ड आइपर्नेछ। यसकारण हामी झट्टै जाऔँ, र यस समाचारलाई राजमहलमा बताइदिऔँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब तिनीहरूले एक-अर्कालाई भने, “हामीले गरेको यो काम असल होइन। आज त शुभ समाचारको दिन रहेछ, र हामी भने चूपै लागेर बसेका छौं। भोलि बिहानसम्म पर्खिरह्यौं भने हामीलाई सजाय हुनेछ। अब हामी झट्टै गएर राजमहलमा यो खबर दिऔं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर त्यसपछि तिनीहरूले आपसमा कुरा गरे, “हामीले यसो गर्नुहुन्न! हामीसँग खुसीको खबर छ। यो लुकाइराखेर हुँदैन। भोलि बिहानसम्म यो कसैलाई भनेनौं भने हामीलाई अवश्य नै दण्ड हुनेछ। झट्टै गएर राजाका भारदारहरूलाई यो खबर सुनाऔं।” Viz kapitolaपवित्र बाइबल9 ती कोरीहरूले एका अर्कालाई भने, “हामी भूल काम गरिरहेका छौं। आज हामीसित शुभ-सूचना छ। तर हामी चुप छौं। यदि हामीले सूर्योदयसम्म पर्खिने काम गर्यौं, भने हामीले सजाय पाउने छौं। अब राजा को महलमा बस्ने मानिसहरूकहाँ जाऔं अनि भनौं।” Viz kapitola |