२ राजा 7:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 कुष्ठरोग लागेका ती मानिसहरू छाउनीका किनारमा पुगे, र तिनीहरू एउटा पालभित्र पसे। तिनीहरूले खानपिन गरे। अनि चाँदी, सुन र लुगाहरू लिएर गए; र ती सामानहरू लुकाए। तिनीहरू फर्केर अर्को पालभित्र पसे, र त्यहाँबाट पनि केही सामानहरू लिए; तब तिनीहरूले ती चीजहरू लुकाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 ती कुष्ठरोग लागेका मानिसहरू छाउनीको छेउमा पुगे र पालहरूमध्ये एउटामा पसेर तिनीहरूले खानपान गरे, अनि सुन र चाँदी र लुगाहरू अन्यत्र लगेर लुकाइराखे। त्यसपछि तिनीहरू फेरि आएर अर्को पालमा पसे र चीजबीज लगेर ती पनि लुकाइराखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 ती चार जना छाउनीको छेउमा पुगेर एउटा तम्बुमा पसे, त्यहाँ भएका थोक खाए, पिए, भेटेका सुन, चाँदी र कपडाहरू लिए र गएर ती लुकाइराखे। त्यसपछि फर्केर तिनीहरू अर्को तम्बुमा पसे र त्यसै गरे। Viz kapitolaपवित्र बाइबल8 जब ती कोरीहरूले छाउनी शुरू भएको ठाउँमा पुगे, तिनीहरू एउटा पालभित्र पसे। तिनीहरूले खाए अनि मद्यपान गरे। तब चार जना कोरीहरूले चाँदी, सुन र लुगाहरू शिबिरबाट लिएरगए। तिनीहरूले चाँदी, सुन र लुगा लुकाए। तब तिनीहरू फर्किए अनि अर्को पालभित्र पसे। तिनीहरूले यस पालबाट नगद चीजहरू लिएर गए। तिनीहरू बाहिर गए अनि ती चीजहरू लुकाए। Viz kapitola |