२ राजा 7:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 राजा राति नै उठे, र आफ्ना अधिकारीहरूलाई भने, “अरामीहरूले हामीसित के गरेका छन्, म तिमीहरूलाई बताउनेछु। हामी भोकै छौँ भनी तिनीहरूलाई थाहा छ। यसकारण, ‘तिनीहरू निश्चय नै बाहिर आउनेछन्। अनि हामी तिनीहरूलाई जिउँदै पक्रेर सहरभित्र पस्नेछौँ’ भन्ठानेर तिनीहरू छाउनी त्यागेर गाउँमा लुकिरहेका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 राजा राती नै उठेर आफ्ना अधिकृतहरूलाई भने, “अरामीहरूले के गरेका हुन् म तिमीहरूलाई भन्छु। हामी भोकले मर्दैछौं भनी उनीहरूलाई थाहा छ। यसैले यसो सम्झेर उनीहरू छाउनी छोड़ेर छेउछाउको बस्तीमा लुक्नलाई गएका छन्, ‘तिनीहरू निश्चय नै बाहिर निस्कनेछन्, र हामी तिनीहरूलाई जिउँदै पक्रनेछौं, र हामी सहरभित्र पस्नेछौं’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यस बेला अँध्यारै थियो; तर राजा ओछ्यानबाट उठे र भारदारहरूलाई भने, “अरामीहरूले के गर्न लागेका छन्, त्यो म तिमीहरूलाई भन्छु। तिनीहरू यहाँको अनिकालबारे जान्दछन् र आफ्नो छाउनी त्यागी गाउँ-बस्तीमा गई लुकेका छन्। हामी खानेकुरा खोज्दै सहरबाट निस्कनेछौं र हामीलाई जिउँदै पक्री सहर कब्जा गर्ने तिनीहरूको विचार छ।” Viz kapitolaपवित्र बाइबल12 रातीको समय थियो तर राजा ओछ्यानबाट उठे। राजाले आफ्ना अधिकारीहरूलाई भने, “अरामी सैनिकहरू हामीसित के गर्दैछन्, म तिमीहरूलाई बताउनेछु। तिनीहरू जान्दछन् हामी भोकै छौं। खेतमा लुक्नको निम्ति तिनीहरूले शिबिर छोडे। तिनीहरू सोच्दैछन्। ‘जब इस्राएलीहरू शहरबाहिर आँउछन्, तिनीहरूलाई जिउँदै पक्रिने छौं। अनि त्यसपछि हामी शहरमा पस्ने छौं।’” Viz kapitola |