२ राजा 6:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनीहरू सहरभित्र पसिसकेपछि एलीशाले भने, “हे याहवेह, यिनीहरूका आँखा खोलिदिनुहोस्, ताकि यिनीहरूले देखून्!” तब याहवेहले तिनीहरूका आँखा खोलिदिनुभयो। अनि जब तिनीहरूले हेरे, तब आफूहरू सामरियाको बीचमा पो रहेछौँ भनी तिनीहरूले देखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 उनीहरू सहरमा पसेपछि एलीशाले यसो भने, “हे परमप्रभु, यी मानिसहरूका आँखा खोलिदिनुहोस्, र उनीहरूले फेरि देख्न सकून्।” अनि उहाँले उनीहरूका आँखा खोलिदिनुभयो, र उनीहरूले हेरे, र आफूलाई सामरियाभित्र पो रहेछौं भनी देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिनीहरू त्यस सहरमा पस्नेबित्तिकै एलीशाले यो प्रार्थना गरे, “हे परमप्रभु, यिनीहरूका आँखा खोलिदिनुहोस् र यिनीहरूले देख्न सकून्।” परमप्रभुले प्रार्थनाको उत्तर दिनुभयो र तिनीहरूका आँखा खोलिदिनुभयो। हामी सामरियामा पो पुगेका रहेछौं भनी तिनीहरूले देखे। Viz kapitolaपवित्र बाइबल20 जब तिनीहरू सामरियामा पुगे, एलीशाले भने, “परमप्रभु, यी मानिसहरूका आँखा खोलि दिनुहोस्, यिनीहरूले देख्न सकुन्।” तब परमप्रभुले तिनीहरूको आँखा खोलि दिनुभयो अनि अरामी सैनिकले देखे, तिनीहरू सामरिया शहरमा छन्। Viz kapitola |