२ राजा 5:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 इस्राएलका राजाले त्यो पत्र पढ्नसाथ आफ्ना वस्त्र च्यातेर भने, “के म परमेश्वर हुँ? के म मारेर फेरि जीवन दिन सक्छु? यस मानिसले कसैलाई उसको कुष्ठरोग निको हुनको लागि किन मकहाँ पठाउँछ? हेर, कसरी त्यसले मसित झगडाको निहुँ खोज्दैछ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 इस्राएलका राजाले त्यो चिट्ठी पढ्ने बित्तिकै आफ्ना लुगा च्यातेर भने, “के म परमेश्वर हुँ र? मार्न र जिउँदो पार्न सक्छु र? यस मानिसले किन त्यसको कुष्ठरोगबाट निको पार्न कसैलाई मकहाँ पठाउँछ? हेर त, त्यसले मसित झगड़ाको निहुँ खोज्दैछ!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यो चिठी पढी इस्राएलका राजा जिल्ल परे। आफ्नो वस्त्र च्यातेर भने, “मैले यस मानिसलाई बिसेक गराउन सक्छु भनी अरामका राजाले कसरी आशा गर्न सक्छन्? म परमेश्वर हुँ र? जीवन र मरणको अधिकार मसित छ भनी उनी सोच्छन् कि क्या हो? यसले सोझै बुझाउँछ कि उनी मसित झगडा गर्न चाहन्छन्!” Viz kapitolaपवित्र बाइबल7 जब इस्राएलका राजाले पत्र पढे, उनले आफूलाई दुःखी र उदाशी देखाउनका लागि आफ्नो लुगा च्याते। इस्राएलका राजाले भने, “के म परमेश्वर हुँ? होइन! मसित जीवन मरण नियन्त्रणको क्षमता छैन। यस कारण अरामका राजाले किन कुष्ठ को रोगीलाई मकहाँ निको पार्न पठाए? यस विषयमा सोचे अनि तिनीले थाह पाए, यो एउटा छल हो। अरामका राजा लडाइँ शुरू गर्ने चेष्टा गर्दै छन्।” Viz kapitola |