२ राजा 5:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 गेहजीले जवाफ दियो, “सबै ठिकै छ। मेरा मालिकले मलाई यसो भनेर पठाउनुभएको छ, ‘एफ्राइमको पहाडी मुलुकबाट अगमवक्ताहरूको दलका दुई जना जवानहरू भर्खरै मलाई भेट्न आएका छन्। कृपा गरी तिनीहरूलाई एक टालेन्ट चाँदी र दुई जोर लुगा दिनुहोस्।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 गेहजीले जवाफ दियो, “सबै ठीक छ। मेरा मालिकले मलाई यसो भनेर पठाउनुभएको छ, ‘एफ्राइमको पहाड़ी देशबाट अगमवक्ताको दलबाट दुई जना जवान मानिसहरू भर्खरै आएका छन्। कृपा गरी तिनीहरूलाई एक तोड़ा चाँदी र दुई जोर लुगा दिनुहोस्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 गेहजीले उत्तर दियो, “त्यसो होइन; तर मेरा मालिकले तपाईंलाई यसो भन् भनी मलाई पठाए। भर्खरै अगमवक्ताका दलबाट दुई जना एफ्राइमका पहाडी इलाकाबाट आइपुगे र उनी चाहन्छन् कि तिनीहरूलाई तपाईंले ३,००० चाँदीका टुक्रा र दुई जोर असल कपडा दिनुहोस्।” Viz kapitolaपवित्र बाइबल22 गेहजीले भन्यो, “हजूर, सबै कुरा ठीक-ठाक छ। मेरा मालिक एलीशाले मलाई पठाएको छ। उनले भने, ‘हेर, दुइजना युवकहरू मकहाँ आए। तिनीहरू एप्रैमको पहाडी देशबाट आएका अगमवक्ताहरू हुन्। कृपया तिनीहरूलाई चाँदीको एक तोडा र दुइ जोर फेर्ने लुगाहरू देऊ।’” Viz kapitola |