२ राजा 4:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण38 एक दिन एलीशा गिलगालमा फर्के। अनि त्यस इलाकामा अनिकाल परिरहेको थियो। जब अगमवक्ताहरूका दलले तिनलाई भेट गरिरहेका थिए, तब तिनले आफ्नो सेवकलाई भने, “एउटा ठूलो भाँडा बसाल् र यी मानिसहरूका निम्ति केही भोजन पका।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 एलीशा फर्केर गिलगालमा गए, र त्यस इलाकामा अनिकाल परिरहेको थियो। जब अगमवक्ताहरूको दलले तिनलाई भेट गरिरहेका थिए, तब तिनले आफ्नो चाकरलाई भने, “आगोमा ठूलो भाँड़ा राखेर यी मानिसहरूका निम्ति केही जाउलो बना।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 एक चोटि सारा देशमा अनिकाल पर्दा एलीशा गिलगालमा फर्किगए। एक दल अगमवक्ताहरूलाई शिक्षा दिइरहेको बेला उनले आफ्नो चाकरलाई आगोमा एउटा ठूलो भाँडो राखेर तिनीहरूको निम्ति केही जाउलो बनाउने आज्ञा दिए। Viz kapitolaपवित्र बाइबल38 एलीशा फेरि गिलगाल गए। देशमा अनिकाल थियो। अगमवक्ताहरूको दल एलीशाको अघि बसिरहेका थिए। एलीशाले आफ्नो सेवकलाई भने, “आगोमा ठूलो भाँडो राख अनि अगमवक्ताहरूको दलका लागि केही सेरूवा बनाऊ।” Viz kapitola |