Online Bible

- Reklamy -




२ राजा 4:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तब गेहजी अगि-अगि गयो र त्यो लहुरो त्यस बालकको अनुहारमाथि राखिदियो। तर त्यहाँ कुनै आवाज आएन; न त कुनै प्रतिक्रिया नै आयो। यसकारण गेहजी एलीशालाई भेट्न फर्केर गयो, र त्यसले तिनलाई भने, “त्यो केटो त बिउँझेन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 गेहजीले चाहिँ तिनीहरूका अगि गएर त्‍यो लहुरो त्‍यस ठिटाको मुखमा राखिदियो, तर कुनै प्रतिक्रिया आएन। यसैकारण एलीशालाई भेट गर्न गेहजी फर्किगयो, र तिनलाई भन्‍यो, “त्‍यो केटो त जागेन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 गेहजी अघिअघि गयो र बालकमाथि एलीशाको लौरो राखिदियो; तर केही आवाज आएन र बालकमा प्राणको केही चिनो थिएन। यसकारण गेहजी एलीशालाई भेट्‍न फर्किगयो र भन्‍यो, “बालक त जागेन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

31 गेहजी एलीशा र शुनैमेली आइमाई भन्दा पहिले शुनैमेलीको घरमा पुग्यो। गेहजीले नानीको अनुहारमाथि लौरो राखिदियो। तर नानीले केही बोलेन न त कुनै संकेत गरे कि उसले कुनै कुरो सुनेको थियो। तब गेहजी एलीशालाई भेट्न फर्किगयो। गेहजीले एलीशालाई भन्यो, “नानी बिउँझेको छैन।”

Viz kapitola kopírovat




२ राजा 4:31

Následuj nás:

Reklamy


Reklamy