२ राजा 4:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 एलीशाले तिनलाई भने, “तिनलाई भन्, ‘तिमीले हाम्रा निम्ति यी सबै कष्ट उठाएकी छौ। अब तिम्रा निम्ति हामी के गरौँ? तिम्रो पक्षमा के हामी राजा वा सेनाका सेनापतिसित कुरा गरिदिऔँ?’ ” तिनले जवाफ दिइन्, “मेरा आफ्नै जातिहरूका बीचमा मेरो घर छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 एलीशाले आफ्नो चाकरलाई भने, “तिनलाई भन्, ‘तिमीले हाम्रा निम्ति यी सबै दु:ख गरेका छौ। अब तिम्रो निम्ति के गर्न सकिन्छ। के हामी तिम्रो पक्षमा राजासित अथवा सेनापतिसित तिम्रो केही कुरा गरिदिन सक्छौं’?” तिनले जवाफ दिइन्, “मेरा आफ्नै मानिसहरूका बीचमा मेरो घर छँदैछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 एलीशाले गेहजीलाई भने, “उनलाई सोध, हामीलाई चाहिने सबै थोक जुटाउन कष्ट गरेको निम्ति म उनको निम्ति केही सेवा गर्न सक्छु कि! म गएर राजा वा सेनापतिलाई उनको लागि केही असल कुरा गरिदिएको पो चाहन्छिन् कि!” त्यस स्त्रीले उत्तर दिइन्, “म यहाँ आफ्नै मानिसहरूसित छु। मलाई सन्तोष छ।” Viz kapitolaपवित्र बाइबल13 एलीशाले आफ्नो सेवकलाई भने, “अब यस आइमाईलाई भन, ‘हेर तिमीले हाम्रो हेरचाह गर्ने ठूलो कार्य गरेकी छौ। तिम्रो लागि म के गर्न सक्छु? के तिमी चाहन्छौ, हामीले तिम्रो लागी राजालाई भन्नु पर्छ अथवा सेनाका कप्तानलाई?’” आइमाईले भनी, “म यहाँ आफ्ना मानिसहरूको माझ मा बसेर सुखी छु।” Viz kapitola |