२ राजा 24:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 याहवेहले घोषणा गर्नुभएझैँ नबूकदनेसरले याहवेहको मन्दिर र महलबाट सबै खजाना हटाए। इस्राएलका राजा सोलोमनले याहवेहको मन्दिरको निम्ति बनाएका सुनका सामानहरू सबै लिएर गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 परमप्रभुले घोषणा गर्नुभएझैँ परमप्रभुको मन्दिरका र राजमहलका भण्डारहरूका सबै थोकहरू उनले हटाए, र परमप्रभुका मन्दिरको निम्ति इस्राएलका राजा सोलोमनले बनाएका सुनका सबै सामानहरू लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 मन्दिर र राजाहरूको सारा धन बेबिलोनमा लिएर गए। परमप्रभुले पहिले नै भन्नुभएअनुसार सोलोमन राजाले मन्दिरमा चलाउन बनाएका सुनका सबै भाँडाहरू नबूकदनेसरले फुटाइदिए। Viz kapitolaपवित्र बाइबल13 नबूकदनेस्सरले राजाका सबै खजाना र परमप्रभुको मन्दिरको सबै खजाना लगे। नबूकदनेस्सरले सबै सुनका भाँडाहरू काटेर टुक्रा-टुक्रा पारे जुन सुलेमान, इस्राएलका राजाले परमप्रभुको मन्दिरमा राखेका थिए। यो परमप्रभुले भन्नुभए जस्तै नै भयो। Viz kapitola |