२ राजा 23:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 राजाले प्रधान पुजारी हिल्कियाह, तिनको दर्जामुनिका पुजारीहरू र पहरेदारहरूलाई याहवेहको मन्दिरबाट बाल, अशेरा र सारा तारामण्डलका निम्ति बनाइएका सबै चीजहरू हटाउने आदेश दिए। तिनले ती यरूशलेमको बाहिर किद्रोन खोल्साका खेतहरूमा जलाइदिए; र तिनको खरानी बेथेलमा लगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 राजाले प्रधान पूजाहारी हिल्कियाह, तिनका पछिको दर्जामुनिका पूजाहारीहरू र ढोकेहरूलाई परमप्रभुको मन्दिरबाट बाल देवता र अशेरा देवी र आकाशका तारामण्डलका निम्ति बनाइएका सबै थोक हटाउनलाई हुकुम गरे। तिनले यी सबै यरूशलेमको बाहिर किद्रोन खोल्साको मैदानमा जलाइदिए, र खरानीचाहिँ बेथेलमा लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यसपछि योशियाहले मुख्य पूजाहारी हिल्कियाह, उनका सहायक पूजाहारी र मन्दिरको मूल-ढोकामा पहरा दिने सिपाहीहरूलाई बाल-देवता, अशेरा-देवी र ताराहरूको पूजामा प्रयोग गर्ने सामानहरू मन्दिरबाट बाहिर निकाल्ने आज्ञा दिए। राजाले ती सबै सामानहरू सहरबाहिर किद्रोनको बेसी-छेउमा जलाए र खरानीचाहिँ बेथेलमा पुर्याउन लाए। Viz kapitolaपवित्र बाइबल4 तब राजाले प्रधान पूजाहारी हिल्कियाह, अरू पूजाहारीहरू तथा द्वारपालकहरूलाई बाल देवता, अशेरा देवी तथा आकाशका ताराहरूको सम्मानका लागि बनाइएका थाल र चीजहरू परमप्रभुको मन्दिरबाट बाहिर निकाल्ने आदेश दिए। त्यसपछि योशियाहले ती कुराहरूलाई यरूशलेमबाहिर किद्रोन खोल्साको खेतमा जलाए। तब तिनीहरूले खरानी बेतेलमा लगे। Viz kapitola |