२ राजा 22:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 पुजारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असाहायाह वस्त्रहरूको हेरचाह गर्ने हरहसका नाति तिक्भाका छोरा शल्लूमकी पत्नी अगमवादिनी हुल्दाकहाँ कुरा गर्न गए। तिनी यरूशलेमको नयाँ भागमा बस्थिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसैले पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह राजमहलको लुगाफाटो हेरचाह गर्ने हरहसका नाति, तिक्भाका छोरा शल्लूमकी पत्नी अगमवादिनी हुल्दाकहाँ सोधपूछ गर्नलाई गए। तिनी यरूशलेमको दोस्रो टोलमा बस्थिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह एउटी हुल्दा नाम गरेकी स्त्रीकहाँ सोधपुछ गर्न गए। तिनी यरूशलेमको नयाँटोलमा बास गर्ने अगमवादिनी थिइन्। (तिक्भाको छोरो र हरहसको नाति शल्लूम तिनका लोग्ने थिए र तिनले मन्दिरका लत्ताकपडाको हेरचाह गर्थे।) तिनीहरूले भएका सबै कुरा हुल्दालाई बताए Viz kapitolaपवित्र बाइबल14 यसकारण पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह हुल्दा आइमाई अगमवक्ता कहाँ गए। हुल्दा हर्हसको नाती, तिक्बाको छोरा शाल्लूमकी पत्नी थिइन्। उ पूजाहारीको लुगाफाटा हेरचाह गर्थ्यो। हुल्दा यरूशलेमको दोस्रो खण्डमा बस्ने गर्थिन्। तिनीहरू हुल्दासित कुरा गरे। Viz kapitola |