२ राजा 11:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर राजा यहोरामकी छोरी अहज्याहकी बहिनी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका राजकुमारहरूका बीचबाट सुटुक्क भगाएर लगिन्। उनले तिनलाई र तिनकी धाईलाई अतल्याहबाट लुकाउनलाई एउटा सुत्ने कोठामा राखिन्; यसरी तिनी मारिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तर यहोराम राजाकी छोरी, अहज्याहकी बहिनी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका राजकुमारहरूका बीचबाट सुटुक्क भगाएर लगिन्। तिनले त्यसलाई र त्यसकी धाईलाई अतल्याहबाट लुकाउनलाई एउटा सुत्ने कोठामा लुकाइराखिन्, र यसरी त्योचाहिँ मारिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अहज्याहको छोरो योआश मात्र बाँचे। उनी अरूहरूका साथमा मारिन लाग्दा उनकी फुपू यहोशेबाले उनलाई बचाइन्। तिनी यहोराम राजाकी छोरी र अहज्याहकी बहिनी थिइन्। तिनले योआश र तिनकी धाईलाई मन्दिरको एउटा सुत्ने कोठामा लगेर अतल्याहबाट उनलाई लुकाएर राखिन्। त्यसरी उनी बाँचे। Viz kapitolaपवित्र बाइबल2 यहोशेबा राजा योरामकी छोरी र अहज्याहकी बहिनी थिइ। योआश राजाका छोराहरू मध्ये एक जना थिए। यहोशेबाले योआशलाई आफूसँग लिएर गयो जब सबै अरू नानीहरू मरिसकेका थिए। योहोशापातले योआश र उसको धाईलाई एउटा सुत्ने कोठामा लुकाइन ताकि अतल्याले तिनीहरूलाई नभेटाउन। यसरी योआश मारिएन। Viz kapitola |