२ राजा 11:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 यहोयादाले राजाका छोरालाई ल्याए, र तिनको शिरमा मुकुट लगाइदिए। तिनले उनलाई करारको एउटा प्रतिलिपी दिए; र तिनलाई राजा घोषणा गरे। तिनीहरूले उनलाई अभिषेक गरे। अनि मानिसहरूले ताली बजाए, र यसो भनी कराए, “राजा अमर रहून्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब यहोयादाले राजाका छोरालाई बाहिर ल्याए, र तिनको शिरमा शिरपेच राखिदिए। यहोयादाले तिनलाई करारको एउटा साक्षी-पत्र चढ़ाए, र तिनलाई राजा घोषणा गरे। तिनीहरूले तिनलाई अभिषेक गरे, र मानिसहरूले ताली बजाए, र यसो भनी कराए, “राजा अमर रहून्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तब यहोयादाले योआशलाई ल्याए, उनको शिरमा मुकुट लाइदिए र राजाले मान्नुपर्ने नियमहरूको एउटा नकल दिए। त्यसपछि योआशलाई अभिषेक गरे र राजा घोषणा गरे। मानिसहरूले थपडी मारे र कराएर भने, “राजा दीर्घायु होऊन्।” Viz kapitolaपवित्र बाइबल12 ती मानिसहरूले योआशलाई बाहिर निकाले। तिनीहरूले योआशलाई राजमुकुट पहिराए अनि राजा र परमप्रभुबीच हुने करार गराए। त्यसपछि तिनीहरूले उनलाई अभिषेक गरे अनि नयाँ राजा बनाए। तिनीहरूले थप्पडी बजाए अनि घोषणा गरे, “राजा दीर्घायु होऊन।” Viz kapitola |