२ राजा 10:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब येहूले तिनीहरूलाई यसो भनेर दोस्रो पत्र लेखे, “यदि तपाईंहरू मेरो पक्षमा हुनुहुन्छ र मेरो कुरा मान्नुहुन्छ भने भोलि यही बेला तपाईंहरूका मालिकका छोराहरूका शिर लिएर मकहाँ यिजरेलमा आउनुहोस्।” त्यस बेला सबै सत्तरी जना राजकुमारहरू तिनीहरूलाई रेखदेख गर्ने सहरका प्रतिष्ठित व्यक्तिहरूसित थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब येहूले तिनीहरूलाई यसो भनेर दोस्रो पत्र पठाए, “यदि तिमीहरू मतर्फ छौ भने र मेरो हुकुम मान्छौ भने, तिमीहरूका मालिकका छोराहरूका शिर लिएर भोलि यही बेला यिजरेलमा आओ।” त्यस बेला सबै सत्तरी जना राजकुमारहरूचाहिँ तिनीहरूलाई हुर्काउने सहरका अग्रगण्यहरूसँग थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 येहूले तिनीहरूलाई अर्को चिठी लेखे, “यदि तिमीहरू मपट्टि छौ र मेरा आज्ञा मान्न तयार छौ भने आहाब राजाका सन्तानका टाउका काटेर भोलि यस घडीसम्ममा मकहाँ ल्याइपुर्याउनू।” आहाब राजाका सत्तरी जना सन्तान सामरियाका ठूला-ठालुहरूका रेखदेखमा थिए र ती मानिसहरूले तिनीहरूको पालन-पोषण गर्दै थिए। Viz kapitolaपवित्र बाइबल6 तब येहूले अगुवाहरूलाई एउटा पत्र लेखे। येहूले भने, “यदि तिमीहरूले मलाई सहायता गर्छौ र मेरो हुकुम मान्ने छौ भने तब आहाबका छोराहरूका टाउका छिनाऊ। अनि भोलि यसै समयमा तिनीहरूलाई यिज्रेलमा ल्याऊ।” आहाबका सत्तरी जना छोराहरू थिए। तिनीहरू शहरका अगुवाहरूसँग थिए जसले तिनीहरूलाई हुकाउने गर्दथे। Viz kapitola |