२ राजा 10:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तब येहू र रेकाबका छोरा योनादाब बालको मन्दिरभित्र गए। येहूले बालका सेवकहरूलाई भने, “चारैतिर हेर, र यहाँ तिमीहरूसित याहवेहका सेवकहरू एउटै पनि छैनन् भनी निश्चय गर। यहाँ केवल बालका सेवकहरू मात्र होऊन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तब येहू र रेकाबका छोरा यहोनादाब बालको मन्दिरभित्र गए। येहूले बालका सेवकहरूलाई भने, “चारैतिर हेर, र यो निश्चय गर कि तिमीहरूसँग यहाँ परमप्रभुका कुनै पनि दासहरू नहोऊन्— बालका सेवकहरू मात्रै।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यसपछि येहू रेकाबका छोरा यहोनादाबसँग नै मन्दिरमा गए र मानिसहरूलाई भने, “बाललाई पुज्नेहरू मात्र यहाँ छन्, परमप्रभुका भक्तहरू यहाँ पसेका छैनन् भनी ठीकसित हेर।” Viz kapitolaपवित्र बाइबल23 त्यसपछि येहू र रेकाबका छोरा यहोनादाब बालको मन्दिरभित्र पसे। येहूले बालका उपासकहरूलाई भने, “चारैतिर हेर अनि विश्वस्त होऊ, परमप्रभुका सेवकहरू कोही छैनन्। विश्वस्त होऊ, बालको पूजा गर्ने मानिसहरू मात्र छन्।” Viz kapitola |