२ राजा 10:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 अब बालका सबै अगमवक्ताहरू, उसका सबै सेवकहरू र सबै पुजारीहरूलाई मकहाँ बोलाओ। एउटै पनि नछोडियोस्; किनकि मैले बालको निम्ति एउटा महान् बलिदान चढाउन लागेको छु। आउन छुटेको जोसुकै होस्, कोही पनि बाँच्नेछैन।” तर येहूले बालका सेवकहरूलाई नाश गर्न चाल चलिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 अब बालका सबै अगमवक्ताहरू, त्यसका सबै सेवकहरू र सबै पूजाहारीहरूलाई बोलाओ। एउटै पनि नछुटोस्, किनभने म बालको निम्ति एउटा ठूलो बलिदान चढ़ाउनेछु। कोही छुटिएको छ भने त्यो बाँच्नेछैन।” तर बालका सेवकहरूलाई नाश गर्नलाई येहूले छलको काम गरिरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 बालका सबै अगमवक्ता, भक्त र पूजाहारीहरूलाई भेला गर, एक जना पनि नछुटोस्। म बाललाई एउटा ठूलो बलिदान चढाउनेछु। जो आउँदैन, त्यो मारिनेछ।” (बाललाई पुज्नेहरू सबैलाई मार्न यो येहूको चलाकी थियो।) Viz kapitolaपवित्र बाइबल19 अहिले नै बालका सबै पूजाहारीहरू अनि अगमवक्ताहरूलाई बोलाऊ। अनि सँगसँगै बालको पूजा गर्ने सबै मानिसहरूलाई बोलाऊ। कोही पनि मानिसहरू यस सभामा नछुटुन्। म बाललाई साह्रै ठूलो बलि चढाउँनेछु। म कुनै पनि मानिसलाई मार्ने छु जो यस सभामा उपस्थित हुँदैनन्।” तर येहू तिनीहरूसँग छल गर्दै थिए। येहू बालका उपासकहरूलाई नष्ट पार्न चाहन्थे। Viz kapitola |