२ इतिहास 6:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 ‘मैले मेरा मानिसहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएको दिनदेखि उसो आफ्नो नामको खातिर त्यहाँ एउटा मन्दिर बनाउनु भनेर मैले इस्राएलको कुनै कुलमा सहर चुनेको छैनँ, न त मैले आफ्नो जाति इस्राएलमाथि अगुवा हुन भनी कसैलाई चुनेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 ‘मेरो प्रजालाई मिश्रदेशबाट निकालेर ल्याएको दिनदेखि यसो एउटा घरमा इस्राएलका सबै कुलहरूको कुनै पनि सहरलाई मेरो नाउँ कायम राख्नलाई एउटा मन्दिर बनाउन भनी मैले रोजेको छैनँ, र मेरो प्रजा इस्राएलमाथि शासन गर्न मैले कुनै मानिसलाई अगुवा हुनलाई चुनेको छैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 ‘मेरा प्रजालाई मिश्रबाट निकाली ल्याएको समयदेखि अझसम्म मैले मेरो आराधना गर्न सारा इस्राएल देशमा मन्दिर बनाउने कुनै ठाउँ छानेको छैनँ। मेरो प्रजा इस्राएलका अगुवा हुन कसैलाई पनि चुनिनँ। Viz kapitolaपवित्र बाइबल5 ‘मैले इस्राएललाई धेरै अघि मिश्रदेशबाट बाहिर ल्याएँ। अनि अहिले सम्म मैले मेरो नाउँमा मन्दिर निर्माण गर्ने स्थानका निम्ति इस्राएलका कुनै पनि कुल समूहको शहर मैले छानेको छैन्। मैले मेरा इस्राएलका मानिसहरू, मानिसहरूलाई अगुवाइ गर्ने व्यक्ति चुनेको छैन। Viz kapitola |