२ इतिहास 6:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 “याहवेहले आफ्नो प्रतिज्ञा कायम राख्नुभयो: म मेरा पिता दावीदपछि राजा भएँ। अनि अहिले म याहवेहले प्रतिज्ञा गर्नुभएझैँ इस्राएलको सिंहासनमा बसेको छु; र मैले याहवेह इस्राएलका परमेश्वरको नामका निम्ति यो मन्दिर बनाएको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “परमप्रभुले अब त्यो प्रतिज्ञा पूरा गर्नुभएको छ। परमप्रभुले प्रतिज्ञा गर्नुभएबमोजिम म मेरा पिता दाऊदको सट्टामा राजा भएको छु, र इस्राएलको सिंहासनमा म विराजमान भएको छु। अनि परमप्रभु इस्राएलका परमेश्वरको नाउँको निम्ति मैले यो मन्दिर निर्माण गरेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 “अहिले परमप्रभुले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो। मेरा बुबापछि म इस्राएलको राजा भएको छु र परमप्रभु इस्राएलका परमेश्वरको आराधना गर्न मैले एउटा मन्दिर पनि बनाएको छु। Viz kapitolaपवित्र बाइबल10 अहिले परमप्रभुले जे गर्छु भन्नु भएको थियो त्यही गर्नु भएको छ। म मेरा पिताको स्थानमा नयाँ राजा भएको छु। दाऊद मेरा पिता थिए। अहिले म इस्राएलको राजा भएको छु। यही नै परमप्रभुले प्रतिज्ञा गर्नु भएको थियो। अनि मैले इस्राएलका परमप्रभु परमेश्वरको नाउँमा मन्दिर बनाएको छु। Viz kapitola |