२ इतिहास 4:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यो खड्कुँलो तीन वटा उत्तरतिर, तीन वटा पश्चिमतिर, तीन वटा दक्षिणतिर अनि तीन वटा पूर्वपट्टि फर्किएका बाह्र वटा साँढेहरूमाथि अड्याइएको थियो। खड्कुँलोचाहिँ तिनीहरूको टुप्पामाथि अडिएको थियो। अनि तिनीहरूको पछिल्लो भागचाहिँ भित्रपट्टि फर्किएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 त्यो खड्कुँलो बाह्र वटा साँढ़ेहरूमाथि बसालिएको थियो— तीन वटा उत्तरतिर फर्केका, तीन वटा पश्चिमतिर फर्केका, तीन वटा दक्षिणतिर फर्केका र तीन वटा पूर्वतिर फर्केका थिए। तिनीहरूका पछाड़िका भागचाहिँ भित्रपट्टि फर्केका थिए। त्यो खड्कुँलोचाहिँ तिनैमाथि बसालिएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 एक-एक दिशामा तीन-तीन वटा गरी चारै दिशामा मुख फर्काएर उभिएका बाह्र वटा काँसाका साँढेका ढाडमाथि कुण्ड राखिएको थियो। Viz kapitolaपवित्र बाइबल4 ठूलो काँसाको खँड्कुलो बाह्रवटा गोरू ठूल्ठूला मूर्तिहरू माथि थिए। तीनवटा गोरू उत्तर तर्फ फर्केका थिए। तीनवटा गोरू पश्चिमतर्फ फर्केका थिए। तीनवटा गोरू दक्षिण तर्फ फर्केका थिए। तीनवटा गोरू पूर्व तर्फ फर्केका थिए। ठूलो काँसाको खँड्कुलो यी गोरूहरू माथि थिए। सबै गोरूहरू तिनीहरूका पछिल्ला भाग एक अर्काका साथ अनि माझमा पारेर उभ्याइएका थिए। Viz kapitola |