२ इतिहास 4:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनारको मुन्तिर एक क्यूबिटमा दश वटा गरी चारैतिर गोरुहरूका आकृतिहरू थिए। ती गोरुहरू खड्कुँलोसितै दुई लहरहरूमा ढालिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 खड्कुँलोको चारैतिर बाहिरपट्टि बिटमुनि साँढ़ेहरू, एक हातमा दश वटा, दुई लहरमा थिए। खड्कुँलो र साँढ़ेहरू एउटै टुक्रा धातुबाट बनाइएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 ट्याङ्कीको बाहिरी घेराका किनारमा चारैपट्टि सिङ्गारेर दुई लहर बुट्टा तल र माथि गरी हालिएका थिए। ती लहरहरूमा साँढेका नक्शा बनाएर सिङ्गारेका थिए र ती बुट्टाहरू ट्याङ्कीसित एउटै धातुका टुक्राले बनेका थिए। Viz kapitolaपवित्र बाइबल3 ठूलो काँसाको खँड्कुलोको बिट मुनि गोरूका आकृतिहरू अंकित थिए। ती आकृतीहरू दुइ पंक्तिमा थिए जो खँड्कुलो वरिपरि 10 हात फैलिएका थिए। खँड्कुलोको आकृति बनाउँदा नै उचित स्थानमा गोरूका आकृति ढालिएका थिए। Viz kapitola |