२ इतिहास 36:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 उहाँले तिनीहरूका विरुद्धमा बेबिलोनका राजालाई ल्याउनुभयो, जसले तिनीहरूका जवान मानिसहरूलाई पवित्रस्थानको भवनभित्र तरवारले मारिदिए। के जवान पुरुष वा स्त्री वा वृद्ध मानिस र बुढापाका, कसैलाई पनि बाँकी राखेनन्। याहवेहले तिनीहरू सबैलाई नबूकदनेसरकहाँ सुम्पिदिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 उहाँले तिनीहरूका विरुद्धमा बेबिलोनीहरूका राजालाई ल्याउनुभयो, जसले वासस्थान भित्रै तिनीहरूका जवान मानिसहरूलाई तरवारले मारे, र जवान मानिस, युवती, वृद्ध, कमजोर कसैलाई पनि तिनले छोड़ेनन्। परमेश्वरले ती सबैलाई नबूकदनेसरको हातमा सुम्पिदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यसकारण परमप्रभुले तिनीहरूमाथि आक्रमण गर्न बेबिलोनका राजालाई ल्याउनुभयो। त्यस राजाले यहूदाका जवान पुरुषहरूलाई मन्दिरभित्र पनि मारे। उनले युवा, बुढा-पाका, पुरुष-स्त्री, रोगी-निरोगी कसैलाई केही दया देखाएनन्। तिनीहरू सबैलाई परमेश्वरले उनका हातमा दिनुभयो। Viz kapitolaपवित्र बाइबल17 यसर्थ परमेश्वरले बाबेलका राजालाई यहूदा अनि यरूशलेमका मानिसहरू माथि आक्रमण गर्न निम्ति ल्याउनु भयो। बाबेलका राजाले युवाहरूलाई मन्दिरमा भएको समयमा पनि मारिदिए। यहूदा अनि यरूशलेमका मानिसहरू प्रति तिनको केही दया-माया थिएन। बाबेलका राजाले युवा अनि बृद्ध मानिसहरूलाई मारे। तिनले पुरूष अनि स्त्रीहरूलाई मारे। तिनले रोगी अनि स्वस्थ्य मानिसहरूलाई मारे। परमेश्वरले यहूदा अनि यरूशलेमका मानिसहरू दण्ड दिनु नबूकदनेसरलाई अनुमति दिन भयो। Viz kapitola |