Online Bible

- Reklamy -




२ इतिहास 35:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनका अधिकृतहरूले पनि मानिसहरू, पुजारीहरू र लेवीहरूलाई स्वेच्छापूर्वक उपहार दिए। परमेश्‍वरको भवनका प्रशासकहरू हिल्कियाह, जकरिया र यहीएलले पुजारीहरूलाई छब्बीस सय वटा निस्तारका थुमा र तीन सय पशुहरू दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तिनका अधिकारीहरूले पनि मानिसहरू, पूजाहारीहरू र लेवीहरूका निम्‍ति राजीखुशी दान दिए। परमप्रभुको मन्‍दिरका प्रशासन गर्ने, हिल्‍कियाह, जकरिया र यहीएलले पूजाहारीहरूलाई निस्‍तार-चाड़को निम्‍ति दुई हजार छ सय ससाना पशुहरू र तीन सय साँढ़े दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 उनका भारदारहरूले पनि मानिसहरू, पूजाहारीहरू र लेवीहरूका निम्‍ति पशुहरू दिए। मन्‍दिरको जिम्‍मा लिएका अधिकारीहरू अथवा मुख्‍य पूजाहारी हिल्‍कियाह, जकरिया र यहीएलले पूजाहारीहरूलाई चाडमा बलि चढाउन दुई हजार छ सय भेडा र बाख्राका पाठा र तीन सय साँढेहरू दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 योशियाहका अधिकारीहरूले पनि खुशीसाथ मानिसहरूलाई, पूजाहारीहरूलाई अनि लेवीहरूलाई निस्तार चाडमा प्रयोग गर्नु भनी पशुहरू अनि चीज-बीजहरू दिए। प्रधान पूजाहारी हिल्कियाह, जकर्याह अनि यहीएल मन्दिरको जिम्मावार अधिकारीहरू थिए। तिनीहरू पूजाहीहरूलाई 2,600 भेंडाका पाठा र बाख्राहरू अनि 300 गोरूहरू निस्तार चाडका बलिहरूका निम्ति दिए।

Viz kapitola kopírovat




२ इतिहास 35:8

Následuj nás:

Reklamy


Reklamy