२ इतिहास 34:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनको निर्देशनमा बाल देवताका वेदीहरू भत्काइए। तिनले तीमाथि भएका धूप-वेदीहरूलाई टुक्रा-टुक्रा पारेर आकृतिहरूलाई धुलोपिठो बनाइदिए। तिनले ती कुराहरूलाई धुलोपिठो बनाएर तिनीहरूकहाँ बलिदान चढाउनेहरूका चिहानहरूमाथि छरिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 बाल देवताहरूका वेदीहरू तिनले भत्काउन लाए, र तिनीहरूका माथि भएका धूप-वेदीहरू टुक्रै-टुक्रा पारे। तिनले अशेरा देवीका खम्बाहरू र अरू सबै मूर्ति र प्रतिमाहरू टुक्रै-टुक्रा पारेर धूलोपीठो बनाए, र तिनलाई बलिदान चढ़ाउने मानिसहरूका चिहानहरूमा ती छरिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 राजाका आदेशअनुसार उनका मानिसहरूले बाल देवताको पूजा गरिने वेदीहरू र उनको छेउमा भएका धूप वेदीहरू भत्काइदिए। तिनीहरूले अशेरा देवीका र अरू देवताका मूर्तिहरू धुलो-पीठो पारेर ती देवी-देवताहरूलाई बलि चढाउने मानिसहरूका चिहानमा छरिदिए। Viz kapitolaपवित्र बाइबल4 मानिसहरूले बाल देवताहरूका वेदीहरू भत्काइदिए। तिनीहरूले योशियाहका सामुन्ने यसो गरे। तब योशियाहले धूप वेदीहरू काटिदिए जो वेदीमाथि बाललाई अर्पण गरेका थिए। उसले मूर्तिहरू जो कुँदिएका थिए अनि मूर्तिहरू जो साँचोमा ढालेर निर्माण गरिएका थिए, भत्काइदिए। तिनले ती मूर्तिहरूलाई धूलो-पीठो पारिदिए। तब योशियाहले त्यो पीठो ती मानिसहरूका चिहानहरूमा छर्किदिए जसले बाल देवताहरूलाई बलिहरू चढाएका थिए। Viz kapitola |