२ इतिहास 33:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यसपछि तिनले याहवेहको वेदीलाई पुनर्स्थापित गरे; अनि त्यसमाथि मेलबलि र धन्यवाद बलि चढाए, अनि यहूदालाई याहवेह इस्राएलका परमेश्वरको सेवा गर्नू भने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यसपछि तिनले परमप्रभुको वेदी फेरि खड़ा गरेर त्यसमा मेलबलि र धन्यवाद बलि चढ़ाए, र यहूदालाई परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्नू भनी हुकुम दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 परमप्रभुको आराधना गरिने वेदी पनि उनले मरमत गरे र त्यसमाथि मेलबलि र धन्यवाद बलिहरू चढाए। परमप्रभु इस्राएलका परमेश्वरलाई पुज्न उनले यहूदाका सबै मानिसहरूलाई आज्ञा दिए। Viz kapitolaपवित्र बाइबल16 तब उसले परमप्रभुको वेदी स्थापना गरे अनि त्यसमा मेलबलि अनि धन्यवादका उपहारहरू अर्पण गरे। मनश्शेले यहूदाका सबै मानिसहरूका निम्ति परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्नु भनी एक आदेश गरे। Viz kapitola |