२ इतिहास 31:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यहूदाका नगरहरूमा बस्ने इस्राएल र यहूदाका मानिसहरूले पनि आफ्ना बथान र बगालका दशांश र याहवेह तिनीहरूका परमेश्वरकहाँ अर्पण गरिएका पवित्र चीजहरूको दशांश ल्याए; अनि तिनीहरूले ती कुराहरूको थाक-थाक लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यहूदाका सहरमा बस्ने इस्राएलीहरू र यहूदीहरूले पनि गाईबस्तुको दशांश, अनि परमप्रभु तिनीहरूका परमेश्वरमा अर्पण गरिएका सबै थोकको दशांश ल्याएर थुपारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यहूदाका सहरहरूमा बास गर्ने मानिसहरू सबैले आ-आफ्ना गाई-गोरु र भेडाहरूका दश भागमा एक भाग ल्याए। तिनीहरूले धेरै मात्रामा भेटीहरू ल्याएर परमप्रभु आफ्ना परमेश्वरलाई अर्पण गरे। Viz kapitolaपवित्र बाइबल6 यहूदामा बस्ने इस्राएलीहरू अनि यहूदाका मानिसहरूले पनि आफ्ना गाई बस्तु अनि भेंडाका एक-दशौं भाग ल्याए। तिनीहरूले ती चीजहरूको एक-दशौं अंश पनि ल्याए जसलाई विशेष स्थानमा राखिन्थ्यो जो केवल परमप्रभुको निम्ति थियो। यी सबै चीज-बीजहरू तिनीहरूले आफ्ना परमप्रभु परमेश्वरको निम्ति ल्याए। तिनीहरूले ती सबै चीज-बीजहरू थाक पारेर राखे। Viz kapitola |