Online Bible

- Reklamy -




२ इतिहास 30:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यदि तिमीहरू याहवेहतिर फर्कियौ भने तिमीहरूका दाजुभाइहरू र तिमीहरूका बालबच्‍चाहरूले तिनीहरूलाई पक्रनेहरूबाट दया पाउनेछन्, र तिनीहरू यस देशमा फर्केर आउनेछन्; किनकि याहवेह तिमीहरूका परमेश्‍वर अनुग्रही र दयालु हुनुहुन्छ। तिमीहरू उहाँकहाँ फर्कियौ भने उहाँले तिमीहरूदेखि आफ्नो अनुहार फर्काउनुहुनेछैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तिमीहरू परमप्रभुतिर फर्क्‍यौ भने तिमीहरूका कुटुम्‍बहरू र तिमीहरूका छोराछोरीहरूलाई कैद गरेर लैजानेहरूबाट तिनीहरूले दया पाउनेछन्, र तिनीहरू यस देशमा फर्केर आउन पाउनेछन्‌। किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर दयालु र करुणामय हुनुहुन्‍छ। तिमीहरू उहाँतर्फ फर्क्‍यौ भने उहाँ तिमीहरूबाट फर्कनुहुनेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यदि तिमीहरू परमप्रभुकहाँ फर्क्‍यौ भने जसले तिम्रा शाखासन्‍तानलाई कैद गरी लगे, तिनीहरूले ती सन्‍तानमाथि दया गर्नेछन् र तिनीहरूलाई फर्कन दिनेछन्। परमप्रभु तिम्रा परमेश्‍वर दयालु र करुणामय हुनुहुन्‍छ। तिमीहरू उहाँतिर फर्क्‍यौ भने उहाँले तिमीहरूलाई ग्रहण गर्नुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 यदि तिमीहरू फर्की आयौ भने अनि परमप्रभुको आज्ञा पालन गर्यौ भने, तब तिम्रा आफन्तहरू अनि तिम्रा केटा-केटीहरूले ती मानिसहरूबाट दया पाउने छन् जसले तिनीहरूलाई कैद गरे। अनि तिम्रा आफन्तहरू अनि तिम्रो केटा-केटीहरू यो देशमा फर्की आउने छन्। परमप्रभु तिम्रा परमेश्वर दयालु अनि कृपालु हुनुहुन्छ। उहाँ तिमीहरूबाट टाढा फर्कनु हुने छैन यदि तिमीहरू उहाँ कहाँ फर्की आयौ भने।”

Viz kapitola kopírovat




२ इतिहास 30:9

Následuj nás:

Reklamy


Reklamy