Online Bible

- Reklamy -




२ इतिहास 30:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 यहूदाका राजा हिजकियाले समुदायको निम्ति एक हजार वटा गोरु र सात हजार भेडाबाख्रा दिए। अधिकृतहरूले एक हजार गोरु र दश हजार भेडाबाख्रा बन्दोबस्त गरिदिए। पुजारीहरूको एउटा ठूलो संख्याले आफूलाई पवित्र तुल्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 यहूदाका राजा हिजकियाले समुदायको निम्‍ति एक हजार साँढ़े र सात हजार भेड़ाबाख्रा, अनि अधिकारीहरूले समुदायको निम्‍ति एक हजार साँढ़े र दश हजार भेड़ाबाख्रा अलग राखिदिएका थिए। पूजाहारीहरूले धेरै संख्‍यामा आफू-आफूलाई शुद्ध पारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 हिजकिया राजाले एक हजार साँढे र सात हजार भेडाहरू मानिसहरूले मारेर खाऊन् भनी दान दिए। भारदारहरूले अरू एक हजार साँढे र दश हजार भेडाहरू तिनीहरूलाई दिए। धेरै पूजाहारीहरूले आफ्‍नो शुद्धीकरणको विधि पूरा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 हिजकियाह, यहूदाका राजाले 1,000 गोरूहरू अनि 7,000 भेंडाहरू मार्नु र खानु भनी सभालाई दिए। प्रमुखहरूले 1,000 गोरूहरू अनि 10,000 भेंडाहरू सभालाई दिए। धेरै पूजाहारीहरूले तिनीहरू स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारे।

Viz kapitola kopírovat




२ इतिहास 30:24

Následuj nás:

Reklamy


Reklamy