२ इतिहास 30:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 एफ्राइम, मनश्शे, इस्साखार र जबूलूनबाट आएका धेरैजसो मानिसहरूले आफूलाई शुद्ध नतुल्याएका भए तापनि तिनीहरूले लेखिएका कुराको विपरीत निस्तारको भोजन खाए। तर हिजकियाले तिनीहरूका निम्ति यसो भनेर प्रार्थना गरे, “असल याहवेहले ती हरेकलाई क्षमा गरून्, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 एफ्राइम, मनश्शे, इस्साखार र जबूलूनबाट आएकाहरूमध्ये धेरै जना विधिपूर्वक शुद्ध भएका थिएनन्। तापनि तिनीहरूले अनियमित रीतिले निस्तार-चाड़ माने। तर हिजकियाले यसो भनेर तिनीहरूका निम्ति प्रार्थना गरे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यसबाहेक एफ्राइम, मनश्शे, इस्साखार र जबूलून कुलबाट आएका धेरै जनाले आफूलाई पवित्र पार्ने विधि मानेका थिएनन्। यसरी तिनीहरूले अयोग्य रीतिले निस्तार-चाड मनाइरहेका थिए। हिजकिया राजाले त्यस्ताहरूको निम्ति यस्तो प्रार्थना गरे, Viz kapitolaपवित्र बाइबल18-19 एप्रैम, मनश्शे, इस्साकार अनि जबूलूनका धेरै मानिसहरूले स्वयमलाई निस्तार चाडका निम्ति उचित ढङ्गले तयार पारेका थिएनन्। तिनीहरूले मोशाको व्यवस्थामा भनेको प्रकारले ठीक ढङ्गले निस्तार चाड मनाएनन्। तर हिजकियाहले ती मानिसहरूका निम्ति प्रार्थना गरे। यसर्थ हिजकियाहले यो प्रार्थनामा यो भने, “परमप्रभु परमेश्वर, तपाईं असल हुनुहुन्छ। यी मानिसहरू साँच्चैनै तपाईंको आराधना उचित ढङ्गले गर्न चाहन्थे, तर तिनीहरूले व्यवस्थामा भने अनुसार स्वयंलाई शुद्ध पारेनन्। कृपया ती मानिसहरूलाई क्षमा गरिदिनु होस्। तपाईं परमेश्वर हुनुहुन्छ जसको आज्ञा हाम्रो पुर्खाहरू मान्थे। यदि कसैले महा-पवित्र स्थानको नियम अनुसार स्वयंलाई शुद्ध नपारेको भएता पनि क्षमा गरिदिनु होस्।” Viz kapitola |