२ इतिहास 29:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 पुजारीहरू पवित्रस्थानलाई शुद्ध गर्न त्यसभित्र पसे। तिनीहरूले याहवेहको भवनभित्र भेट्टाएका हरेक अशुद्ध कुरा याहवेहको मन्दिरबाट बाहिर आँगनमा ल्याए। लेवीहरूले त्यसलाई बोकेर किद्रोनको खोल्सामा लगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 परमप्रभुको मन्दिर शुद्ध गर्न पूजाहारीहरू भित्र पसे। तिनीहरूले परमप्रभुको मन्दिरभित्र भेट्टाएका सबै अशुद्ध कुराहरू परमप्रभुका मन्दिरको चोकमा लगेर राखे। लेवीहरूले ती कुराहरू लिएर बाहिर किद्रोन खोल्सामा लगेर फालिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 पूजाहारीहरू मन्दिर पवित्र गर्न भित्र पसे र नियम बमोजिम जति कुरा अशुद्ध थिए ती मन्दिरको आँगनमा निकाले। त्यहाँबाट ती सबै कुरा लेवीहरूले सहरबाहिर किद्रोनको बेँसीमा पुर्याए। Viz kapitolaपवित्र बाइबल16 पूजाहारीहरू परमप्रभुको मन्दिरको भित्री भाग शुद्ध गर्न गए। तिनीहरूले भेट्टाएका सबै अशुद्ध चीज-बीजहरू निकाले। तिनीहरूले अशुद्ध चीज-बीजहरू परमप्रभुको मन्दिरको आँगनमा ल्याए। तब लेवीहरूले ती अशुद्ध चीज-बीजहरू बाहिर किद्रोन बेंसीमा लगे। Viz kapitola |