Online Bible

- Reklamy -




२ इतिहास 28:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर त्यहाँ ओदेद नाम गरेका याहवेहका एक जना अगमवक्ता थिए। फौज सामरियामा फर्केर आउँदा उनी तिनीहरूलाई भेट्न गए। उनले तिनीहरूलाई भने, “याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्‍वर यहूदासित रिसाउनुभएको हुनाले उहाँले तिनीहरूलाई तिमीहरूका हातमा दिनुभयो। तर तिमीहरूले आफ्ना रिसमा तिनीहरूलाई मारेको कुरा स्वर्गसम्म पुगेको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तर त्‍यहाँ ओदेद नाउँ भएका परमप्रभुका एक अगमवक्ता थिए, र सेना सामरियामा फर्किरहेको बेला तिनी त्‍यस सेनालाई भेट्‌न निस्‍के। तिनले त्‍यस सेनाका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वर यहूदासँग रिसाउनुभएको हुनाले तिनीहरूलाई तिमीहरूका हातमा उहाँले सुम्‍पिदिनुभएको हो। तर तिमीहरूले चाहिँ अत्‍यन्‍त रीसको झोँकमा तिनीहरूको संहार गर्‍यौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 सामरिया सहरमा ओदेद नाम भएका परमप्रभुका एक जना अगमवक्ता थिए। यहूदाबाट कैदीहरू लिएर आएका इस्राएली सेना सहरमा प्रवेश गर्न लाग्‍दा ओदेदले तिनीहरूलाई भेटे र यसो भने, “परमप्रभु तिम्रा पुर्खाका परमेश्‍वर यहूदासित रिसाउनुभएको थियो र तिम्रा हातमा तिनीहरूको हार गराउनुभयो तर अब कस्‍तो दुष्‍ट प्रकारले तिमीहरूले तिनीहरूलाई संहार गर्‍यौ, त्यो उहाँले जान्‍नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तर त्यहाँ परमप्रभुको एउटा अगमवक्ता थिए। यो अगमवक्ताको नाउँ ओबेद थियो। ओबेदले ती इस्राएली मानिसहरूसित भेट गरे जो सामरिया फर्की आएका थिए। ओदेदले इस्राएली सेनालाई भने, “तिमीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरले तिमीहरूलाई यहूदाका मानिसहरूलाई परास्त पार्न दिनु भएको थियो किनभने उहाँ तिनीहरूसित क्रोधित हुनुहुन्थ्यो। तिमीहरूले यहूदाका मानिसहरूलाई अति नीच प्रकारले मार्यौ अनि दण्ड दियौ अब परमेश्वर तिमीहरूसित क्रोधित हुनुहुन्छ।

Viz kapitola kopírovat




२ इतिहास 28:9

Následuj nás:

Reklamy


Reklamy